साउदी अरेबियाको राजाको मुख्यालयलाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 20, 2017 | 09:32:10 AM मा प्रकाशित

laxmi  sunrise bank

साउदी अरेबियाको राजधानी रियादतर्फ लक्षित गरी प्रहार गरिएको एक क्षेप्यास्त्र साउदी नेतृत्वको सैन्य गठबन्धनले रोकेको साउदी संचारमाध्यमले जनाएका छन्। गत महिना पनि रियादस्थित विमानस्थललाई लक्षित त्यस्तै एक क्षेप्यास्त्र प्रहार गरिएको बताइएको थियो।

हुथीद्वारा संचालित अल मासिराह टेलिभिजनले विद्रोहीहरुले बुर्कान- टू नामक क्षेप्यास्त्र स्थानीय समयानुसार मंगलबार अपराह्न रियादस्थित अल-यामामा दरबारतर्फ लक्षित गरी प्रहार गरेको जनाएको छ।

अल-यामामा दरबारमा बसिरहेको भनिएको उच्चपदस्थ साउदी नेताहरुको बैठकलाई लक्षित गर्दै सो क्षेप्यास्त्र प्रहार गरिएको उसले बताएको छ।

सो दरबार साउदी राजाको मुख्यालय हो।

शुरुमा राजधानी रियादमा विस्फोट भएका आवाजहरु सुनिएको विवरणहरु आएका थिए।

प्रत्यक्षदर्शीहरुले सामाजिक संजालहरुमा धूँवा उडिरहेको तस्वीरहरु राखेका छन् तर क्षतिका कुनै विवरणहरु आएका छैनन्।

यमन सरकारलाई समर्थन गर्दै साउदी नेतृत्वको सैन्य गठबन्धन हुथी विद्रोहीहरु विरुद्ध लडाई लडिरहेका छ। हुथीहरुलाई इरानले समर्थन गर्दै आएको छ।

इरानले हुथी विद्रोहीहरुलाई क्षेप्यास्त्र उपलब्ध गराएको आरोप साउदी अरेबिया र संयुक्त राज्य अमेरिका दुवैले लगाउँदै आएका छन्। तर इरानले भने हातहतियारहरु आपूर्ति गराएको अस्वीकार गर्दै आएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved