१० लाख ब्यारल तेल बोकेको पानीजहाज अझै जल्दै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2018 | 12:12:03 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनका यातायातमन्त्रीले पूर्वी चीन सागरमा एउटा इरानी पानीजहाज अझै जलिरहेको बताएका छन्। उक्त पानीजहाजले झण्डै १० लाख ब्यारल 'कण्डेन्सेट' बोकेको थियो। 'कण्डेन्सेट' तेलको विषालु र विस्फोटक स्वरूप हो। थप विपद् रोक्ने भन्दै चीनले सफाइ गर्नका लागि घटनास्थलमा पानीजहाजहरू पठाएको छ।

खोजी

एउटा मालवाहक पानीजहाजसँग ठोक्किएपछि तीन दिनयता उक्त पानीजहाज जलिरहेको छ। चिनियाँ अधिकारीहरूले हराएका चालक दलका ३१ जनाको खोजी कार्यलाई व्यापक बनाएका छन्। तर खराब मौसमका कारण खोजी कार्य प्रभावित भएको बताइएको छ।  शनिबार सांघाईबाट १ सय ६० नोटिकल माइल पूर्वमा उक्त दुर्घटना भएको थियो। अहिलेसम्म पानीजहाजबाट चुहिएको तेलको मात्रा र त्यसले वातावरणमा पारिरहेको असरबारे स्पष्ट भइसकेको छैन।

खराब

यो सन् १९९१ यताकै सबैभन्दा खराब यस्तो प्रकृतिको दुर्घटना हुन सक्ने ठानिएको छ। इन्धन बोकेको उक्त पानीजहाजसँग ठोक्किएको अर्को पानीजहाजका चालक दलका २१ सदस्यको उद्धार गरिएको छ। चीनले उद्धार कार्यका लागि कैयौँ पानीजहाजहरू परिचालन गरेको छ र दक्षिण कोरियाले तटरक्षकसहित एउटा पानीजहाज र एउटा हेलिकप्टर परिचालन गरेको छ। अमेरिकी जलसेनाले उद्धार कार्यमा मद्दत गर्न एउटा सैनिक हेलिकप्टर पठाएको थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved