चीनसँग लड्न नेपाल सहित ५ राष्ट्रलाई हात लिनु जरुरी छ: भारतीय सेनाध्यक्ष

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 13, 2018 | 06:43:48 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको स्थल सेनाध्यक्ष विपिन रावलते आफ्ना छिमेकी राष्ट्रहरुलाई समकक्षी चीनको हातमा जान नदिने बताएका छन। सेना दिवसको पुर्व सन्ध्यामा शुक्रबार नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा बोल्दै रावलले चीनले छिमेकी राष्ट्रहरुलाई प्रयोग गर्दै चारै तिरबाट भारतलाई घेराबन्दी गर्ने योजना बनाएको भन्दै भारतले छिमेकी राष्ट्रहरुसंग मित्रवत सम्बन्ध बनाउनुपर्नेमा जोड दिए। 

सैन्य क्षमताको हिसाबले भारत र चीन दुबैको शक्ति बराबर रहेको भन्दै विश्व शक्तिको रुपमा उदाएका यी दुई मुलुकबीच सेना र युद्ध मात्रै भन्दापनि कूटनीतिक रुपमा पनि भारतले जित्नु पर्ने जनाएका छन् ।     

नेपाल भुटान, म्यानमार, बंगलादेश, श्रीलंका र अफगानिस्तान जस्तो देशहरुलाई चीनसंग लड्नका लागि एक ब्यापक रणनीतिको रुपमा बोर्डमा राख्नु पर्ने रावतले बताएका छन। 'यस कार्यका लागि भारतले हृदयदेखि नै प्रयास गर्नुपर्छ' उनले भनेका छन। 

सिमानामा दबाब दिन चीनले कुनै कसर बाँकी नराखेको बताउदै रावतले चीनसंग युद्द गर्न भारतको सेना सक्षम रहेको बताएका छन। छिमेकीहरुसंगको बलियो सम्बन्धले नै चीन बिरुद्दको लडाई जित्न सकिने तर्फ जोड दिदै रावतले नेपाल लगायतका देशहरुसंग मित्रवत सम्बन्ध बनाउन भारतले ठुलो छाति बनाउनुपर्ने बताएका छन।

चीनसँग सबै हिसावले जित्नको लागि भारतले सबैभन्दा पहिले त आफ्ना छिमेकीहरुसँगको सम्बन्धलाई सुधार गर्नुपर्ने जनाएका छन् । उनले अन्यत्र जस्तो त्यति धेरै समस्या ग्रस्त नभएको भएपनि देशको उत्तरी सीमामा विकासका कामहरु र सैन्य उपस्थिती पनि बढाउनु पर्ने बताएका छन् । 

उनले नेपाल बंगलादेश लगायत छिमेकीहरुको नाम नै लिएर चीनसँग लडाईं नै गर्ने हो भने पनि यस्ता मुलुकहरुलाई भने भारतले हातमा लिनुपर्ने बताएका छन् ।  

उनले सेनाको हिसावले भारत र चीन दुबैको शक्ति बराबर रहेको भन्दै विश्व शक्तिको रुपमा उदाएका यी दुई मुलुकबीच सेना र युद्ध मात्रै भन्दापनि कूटनीतिक रुपमा पनि भारतले जित्नु पर्ने जनाएका छन् । 

नेपाल लगायतका छिमेकी राष्ट्रलाई आफ्नो पक्षबाट चीनको पक्षमा जान भारतले अनुमति दिन नसक्ने बताउदै रावतले यी छिमेकी राष्ट्रहरुलाई दिंदै आएको सहयोग र समर्थनलाई निरन्तरता दिने कुरामा बिश्वस्त बनाउनुपने बताए।  

उनले चीनले नेपाल लगायत श्रीलंका, माल्दिभ्स र म्यान्मारमा आफ्नो प्रभाब बिस्तार गर्दै लगेकोमा चिन्ता व्यक्त गरेका छन। साथै उनले भारतसंग घनिष्ट सम्बन्ध भएका यी देशहरुलाई आफ्नो प्रभाबमा पारेर भारत बिरुद्द युद्द छेड्ने चीनको योजना भएको सुनाए। 

दक्षिण एसियामा चीनको प्रभाब बढेकाले भारतले आफ्नो छिमेकी राष्ट्रहरुलाई हेर्ने दृष्टिकोणमा अब व्यापक रुपमा परिवर्तन गर्नुपर्नेमा भारतले सोच्नु पर्ने रावतले बताएका छन। रावतको भनाईलाई आधार मान्ने हो भने भारतले आफ्नो छिमेकी राष्ट्रहरुलाई गर्दै आएको ब्यवहारमा कमजोरी रहेको र त्यसलाई समयमै सुधार नगर्दा नेपाल लगायतका देश चीनको पक्षमा उभिन सक्ने खतरा रहेको भारतको विश्लेषण छ। आगामी दिनमा भारतले छिमेकीलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आउने विश्लेषण गरिएको छ। 


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved