भारतले इजरायलबाट करोडौंको हतियार खरिद गर्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 18, 2018 | 08:48:55 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले इजरायलबाट अरबौं रुपैयाँ बराबरको स्पाइक एन्टी ट्यांक गाइडेड मिसाइल खरिद गर्ने भएको छ। भारत भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको भनाईलाई उद्धत गर्दै इजरायली मिडियाहरुले यसबारे खुलासा गरेका हुन। 

मिडियामा आएको खबर अनुसार भारतले ५०० मिलियन अमेरिकी डलर अर्थात ५१ अर्ब रुपैयाँ बराबरको हतियार खरिद गर्न लागेको हो। 'केहि दिन पश्चात नयाँ दिल्लीले ५१ अर्ब रुपैयाँ बराबरको हतियार खरिद गर्न इजरायलसंग सम्झौता गर्नेछ' इजरायली प्रधानमन्त्री नेतान्याहूलाई उद्द्रत गर्दै त्यहाँका मिडियाहरुले समाचार लेखेका छन। 

यद्दपी नेतान्याहूको भारत भ्रमणको केहि साता पुर्व भारतले हतियार खरिद नगर्ने भन्दै इजरायल सामु 'गुनासो' व्यक्त गरेको थियो। इजरायलको हतियार फर्म, राफेल एडवांस डिफेंस सिस्टम्स लिमिटेड ले यस महिनाको सुरुवातमा नै भारतले हतियार खरिद गर्न नसक्ने 'गुनासो' व्यक्त गरेको सूचना सार्वजनिक गरेको थियो। तर जेरुसलेम पोष्टले भने इजरायल र भारतबीच यो भन्दा पनि ठुलो मुल्यको हतियार खरिद सम्झौता हुने बताएको छ।

नेतन्याहू जो अहिले ६ दिने भारत भ्रमणको क्रममा छन। यसबीच भारत र इजरायलबीच महत्त्वपूर्ण सम्झौता हुने विश्लेषण गरिएको छ। भारत र इजरायलबीचको सम्बन्धलाई लिएर बिश्वमा एक फरक धारणा समेत बाहिर आउन थालेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved