भारतीय विदेश मन्त्री स्वराजको दुई दिने नेपाल भ्रमण तय (विज्ञप्तिको पूर्ण पाठ)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 29, 2018 | 09:58:14 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय विदेश मन्त्री सुष्मा स्वराजको दुई दिने नेपाल भ्रमण निश्चित भएको छ। सुष्मा स्वराजले यसैसाता बिहीवार र शुक्रवार नेपालको भ्रमण गर्ने भारतको विदेश मन्त्रालयले जनाएको छ। 

सोमवार साँझ विज्ञप्ति जारी गर्दै भारतीय विदेश मन्त्रालयले सुष्मा स्वराजको नेपाल भ्रमण बारे जानकारी गराएको हो। 'दुई देशबीच नियमितरुपमा उच्च स्तरीय राजनीतिक भेटघाट गरिरहने परम्परालाई निरन्तरता दिंदै द्विपक्षीय साझेदारी थप विस्तार गर्न एवं दुवै मुलुक सामेल भएका विविध क्षेत्रका गतिविधिलाई मजवुद पार्न भ्रमण केन्द्रीत हुनेछ।' बिज्ञप्तिमा उल्लेख छ।

दुई दिने नेपाल भ्रमणको क्रममा विदेश मन्त्री स्वराजले राजनीतिक दलका नेताहरुसँग आपसी हितका विषयमा कुराकानी गर्ने मन्त्रालयले जनाएको छ। 'दुवै मुलुकको वर्षौ पुरानो मित्रवत सम्बन्धलाई थप मजबुद पार्ने प्रयास हुनेछ' बिज्ञप्तीमा उल्लेख छ। 

मङ्सिरमा सम्पन्न निर्वाचनपछि बहुमत ल्याएको बाम गठबन्धनको सरकार गठन प्रक्रिया अगाडी बढिरहँदा विदेशमन्त्री स्वराजको नेपाल भ्रमणलाई अर्थपूर्ण मानिएको छ।        

हेर्नुहोस् विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिको पूर्ण पाठ


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved