विश्वका धनी शहरहरुको सुची सार्वजनिक, ठुला स्टक एक्सचेन्ज भएका शहरहरु अग्रपंक्तिमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 12, 2018 | 01:20:27 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वका धनी शहरहरुको सुची सार्वजनिक भएको छ। न्यू वर्ल्ड वेल्थले सार्वजनिक गरेको बिश्वका १५ धनी शहरहरुको सुचिमा न्युयोर्क पहिलो स्थानमा रहन सफल भएको छ। 

विश्वकै दुई ठुला स्टक एक्सचेन्ज भएको न्युयोर्क शहर ३ हजार अर्ब डलरको साथ पहिलो स्थानमा छ। न्युयोर्कलाई पछ्याउदै बेलायतको लन्डन दोस्रो, जापानको टोकियो तेस्रो तथा अमेरिकाको अर्को शहर सनफ्रानसिस्को चौथो नम्बरमा छ। चीनका दुई शहर बेइजिङ र सांघाइ क्रमश पन्चुं र छैटौं स्थानमा छन। 

१५ धनी शहरको सुचिमा लस एन्जल्स, हंगकंग, सिड्नी, सिंगापुर, शिकागो छ भने १२ औ स्थानमा ९५० अर्ब डलर सम्पति सहित भारतको मुम्बई शहर रहेको छ। भारतको मुम्बई शहरले क्यानडाको टोरन्टो, फ्रान्कफ्रन्ट र पेरिसलाई पछाडी पारेको छ। १५ धनी शहरहरुको सुचिमा होस्टन, ओसाका, सियोल, शेंजेंन, मेलबर्न, ज्युरिख, डल्लास जस्ता शहरहरु परेका छैनन। 

विश्वको १२ औं ठुलो स्टक एक्सचेन्ज (बम्बे स्टक एक्सचेन्ज) भएको मुम्बई शहरलाई आगामी १० बर्षमा सम्पतिमा तिब्र प्रगति गर्ने शहरको रुपमा लिइएको छ।  सबैभन्दा धनी देशहरुको सूचीमा भारत छैठौं स्थानमा छ । 

शहरको कुल सम्पत्तिको गणनामा शहरमा बस्ने व्यक्तिहरुको निजी सम्पत्ति मात्र गणना गरिएको छ । व्यक्तिहरुको जग्गा, नगद, शेयरलगायतलाई हेरेर सम्पत्तिको मूल्यांकन गरिएको हो । सरकारी कोषको गणना भने यसमा गरिएको छैन । 






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved