पाकिस्तानी प्रधानमन्त्रीलाई 'गार्ड अफ अनर' (फोटो फिचर)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 05, 2018 | 06:19:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासीलाई सरकारले सैनिक मञ्च टुँडिखेलमा सलामी ‘गार्ड अफ अनर’ ले सम्मान गरेको छ। 

अब्बासीलाई नेपाली सेनाले गार्ड अफ अनरको सम्मान दिएको हो। अब्बासी टुँडिखेलमा गार्ड अफ अनरले सम्मानित हुने पहिलो विदेशी सरकार प्रमुख हुन्।

यस अघि  त्रिभुवन विमानस्थलमा गार्ड अफ अनरले सम्मान गर्ने प्रचलन रहेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले टुँडिखेलमा विदेशी सरकार प्रमुखलाई गार्ड अफ अनरले सम्मान गर्ने प्रचलन सुरु गरेका छन्। 

प्रधानमन्त्री अब्बासीलाई सोमबार विमानस्थलमा अर्थमन्त्री डा. युवराज खतिवडाले स्वागत गरेका थिए। आजै प्रधानमन्त्री ओलीले अब्बासीलाई रात्रिभोज दिनेछन। ओली र अब्बासी बीच दुई पक्षीय वार्ता हुनेछ ।

मंगलबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पाकिस्तानी प्रधानमन्त्री अब्बासी बीच भेटवार्ता हुने छ । अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटपछि अब्बासी स्वदेश फर्किनेछन् । पाकिस्तानका प्रधानमन्त्री अब्बासी ओली प्रधानमन्त्री भएपछि आएका पहिलो विदेशी सरकार प्रमुख हुन् । 


Photos by Keshab Thoker/Republica Online

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved