अमेरिकाको नेतृत्त्वमा सिरियामा भएको आक्रमणले अन्तराष्ट्रिय कानुन उल्लङ्घन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 16, 2018 | 03:06:05 PM मा प्रकाशित

laxmi  sunrise bank

इरानका राष्ट्रपति हसन रोहानीले अमेरिकाको नेतृत्त्वमा सिरियामा भएको आक्रमणले अन्तराष्ट्रिय कानुन उल्लङ्घन भएको प्रतिकृया दिएका छन। सिरियामा अमेरिकाको नेतृत्त्वमा भएको आक्रमणमा अन्य देशहरु अनुत्तरित भए भने अराजकतालाई बढावा मिल्ने राष्ट्रपति रोहनीले बताएका छन। 

रुहानीले रुसका राष्ट्रपति भलादीमुर पुटिनसंगको टेलिफोन सम्बांदमा अमेरिकाको नेतृत्त्वको आक्रमणले आतंकबादीहरुसंग वाशिंगटनसंग सिधा सम्बन्ध   भएको पुष्टि भएको बताएको सिन्हुआले समाचार लेखेको छ। 

रुसी राष्ट्रपति पुटिनले सिरिया बिरुद्द पश्चिमा देशहरुको मिसाईल आक्रमण अन्तराष्ट्रिय सम्बन्धहरुमा अराजकताको कारण भएको प्रतिक्रिया दिएको तेहराइन टाइम्सलाई उद्दृत गर्दै सिन्हुआले लेखेको छ। 

संयुक्त राष्ट्र संघको चार्टरको उल्लङ्घनका बिषयमा यस प्रकारका कर्महरुलाई उल्लेख गरिएकाले अमेरिकाको नेतृत्त्वमा भएको सिरिया माथिको आक्रमणले अन्तराष्ट्रिय सम्बन्ध अब अराजकता तर्फ बढ्ने पुटिनको भनाई रहेको समाचारमा जनाईको छ। 

अमेरिका, बेलायत र फ्रान्सले रासायनिक हतियारहरुको क्षमतासंग सम्बन्धित स्थान भन्दै सिरियाका सम्बन्धित सैनिक अड्डामा शनिबार बिहान आक्रमण गरेका थिए।    

सिरिया सरकारले रासायनिक हतियार प्रयोग गरेको आरोप लगाउदै अमेरिकाले फ्रान्स र बेलायतको सहयोगमा सिरियामाथि मिसाइल आक्रमण गरेको हो। यद्दपी सिरियाको बसर अल असदको सरकारले यी आरोपहरुलाई अस्विकार गर्दै आएको छ। 

सिरियाको राजधानी दमास्कस नजिकैको शहर डोमा मा आक्रमण हुँदा सिरिया सैनिकहरुले रासायनिक हतियारको प्रयोग गरेको र ति रासायनिक हतियार प्रसोधन क्षेत्रमा हवाई तथा मिसाइल आक्रमण गर्नुपरेको अमेरिकाको दाबि छ। यद्दपी सिरियाले यी सबै आरोपलाई अस्विकार गरेको छ।   

इरानका नेता तथा सैनिक अधिकारिहरुले शनिबार सिरियाका सनिक अड्डा माथि अमेरिकाको नेतृत्त्वमा भएको आक्रमणको कडा निन्दा गरेका छन।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved