भारतीय सेनाको राइफल मुख्यालयमा हमला, मध्यरातसम्म भिडन्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 03, 2016 | 11:32:47 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार राति भारतको राष्ट्रिय राइफल मुख्यालयमा आतंकारी हमला भएको भारतीय संचार माध्यमहरुले बताएका छन् । राति साढ़े दस बजे दुई तर्फबाट मुख्यालयमा हमला भएको र मध्यरातिसम्म दोहोरो गोलि हानाहान भएको बताईएको छ  । हमलामा एक भारतीय सैनिक र बिद्रोही तर्फ २ जनाको ज्यान गएको छ  । साथै ४ भारतीत सैनिक घाइते छन्  । 

अन्यको खोजि कार्य जारी रहेको छ ।  २ गुटमा आएका आतंककारीले पहिले ग्रिनेडले हमला गरेको र पछि दोहोरो गोली हाना हान भएको भारतीय मिडियाले उल्लेख गरेका छन्  । 

हमलापछि राजधानी दिल्ली  लगायतका मुख्य शहरमा सुरक्षा ब्यबस्था कडा पारिएको छ । मुम्बईमा ड्रोन हमला हुन् सक्ने खबर सुरक्षा सुत्रली पाएको हुनाले मुंबईको पूजा-पन्डालहरुमा बिशेष टोली खटाईएको संचार मध्यमहरुले जनाएको छन् ।

पछिल्लो समय भारत -पाकिस्तानको सीमा क्षेत्र कश्मिर स्थित लाइन अफ कन्ट्रोलमा पटक पटक फायरिंग र गोलीहानाहानका घटना बढेका छन्  । साथै युद्द हुन् सक्ने भन्दै दुवै देशले तयारी तिब्र पारेको बुझिएको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved