पाकिस्तानमा बम विस्फोट, ३१ को मृत्यु

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 25, 2018 | 03:06:22 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानमा चुनाव चल्दै गर्दा बम विस्फोट हुँदा ३१ को जनाको मृत्यु भएको छ । क्वेट्टा शहरमा चुनावी माहोल चलिरहेकै बेला विस्फोट भएको अधिकारीहरुले बताएका छन् । मृत्यु हुनेमा पाँच प्रहरी र दुइ बालक पनि रहेका छन् । 

पाकिस्तानको चुनावका मतदाताहरु पूर्व क्रिकेटर इमरान खान र पूर्व प्रधानमन्त्री नवाज शरिफको पक्षमा छन् । दुइ दलका समर्थकबीच झडप भइरहेको छ । 

पाकिस्तानको मानव अधिकार आयोगले चुनाव बिथोल्न नकारात्मक र हिंसात्मक प्रयासहरु भइरहेको जनाएको छ । सुरक्षा तथा मतपेटिकाको रक्षा गर्न ३ लाख ७० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको पक सरकारले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved