भारतीय सेनाको आक्रमणमा पाकिस्तानमा २० को मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 10, 2016 | 08:51:25 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय सेनाले गरेको आक्रमणमा पाकिस्तानमा २० जनाको मृत्यु भएको छ। भारतीय प्रशासीत काश्मिरको उत्तरी क्षेत्रमा भएको आक्रमणमा पाकिस्तानमा सक्रिय लस्कर ए तोयबाका २० सैनिकको मृत्यु भएको भारतीय सेनाले जनाएको छ। 

तस्विर: एजेन्सी

लस्कर ए तोयबाले भारतीय सेनाले आक्रमण गर्ने बारे सोच्दै नसोचेको अवस्थामा भारतबाट आक्रमण हुँदा लस्कर ए तोयबाका २० सैनिकको मृत्यु भएको भारतले जनाएको छ।  

भारतको आक्रमणपछि उनीहरु पाकिस्तान क्षेत्र तर्फ भागेको बताइएको छ। उता पाकिस्तानले भने कम्तिमा १० बिद्रोही मारिएको बताएको छ। पाकिस्तानीले सेनाले मारिएकाहरुको शब लागेको समाचारमा उल्लेख छ। 

पछिल्ला दिनमा भारत र पाकिस्तान बीचको तनाव बढ्दै गएका बेला भारतीय पक्षले पाकिस्तानमा सक्रिय समूहलाई यसरी पहिलोपटक आक्रमण गरेको हो। आजको आक्रमणबाट भारतीय सेनाले उपलब्धि हासिल गरेको जनाइएको छ। 

त्यस्तै, भारत प्रशासित काश्मिरमा सुरक्षाकर्मी र बिद्रोहीबीच भिडन्त भएको छ । सोमबार बिहान पन्पोरको एक भवनमा लुकेका बिद्रोही र सुरक्षाकर्मीबिच भिडन्त भएको हो ।


भिडन्तको क्रममा एक जना सुरक्षाकर्मी घाइते भएको भारतीय समाचार संचार माध्यमले जनाएका छन् ।सरकारी भवनमा लुकेका दुई वा तीनजना बिद्रोहीले सुरक्षाकर्मीमाथि गोली चलाएको भारतीय सेनाले जनाएको छ ।

सेना, सीमा सुरक्षा बल, केन्द्रिय रिजर्व प्रहरी बल र प्रहरीसहित संयुक्त टोलीले भवनलाई घेराबन्दी गरेको छ । आसपासको क्षेत्रमा करफ्यु लगाइएको छ।

श्रीनगर-जम्मु राजमार्गमा पर्ने आन्त्रपेन्योर डेभलपमेन्ट् इन्स्टिच्युडको यो भवनमा गएको फेब्रुअरीमा पनि बिद्रोही घुसेका थिए । त्यसबेला झण्डै ४८ घण्टासम्म भएको भिडन्तमा एक नागरिक, चार बिद्रोही र तीन जना सुरक्षाकर्मीको ज्यान गएको जनाइएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved