शिब धिताल/बिजपाटी     Sep 21, 2018



ruslan ruslan

भारतमा बिहीवार आन्तरिक सेवामा रहेको एउटा विमानका कर्मचारीहरूले क्याबिनभित्र हावाको उचित चाप व्यवस्थापन गर्ने स्विच थिच्न बिर्सिँदा सो विमानलाई फर्काउन बाध्य भएको नागरिक उड्डयन अधिकारीहरूले बताएका छन्। सो घटनाका कारण मुम्बईबाट जयपुरतर्फ उडेको जेट एयरवेज विमानमा कार्यरत कर्मचारीहरूलाई निलम्बित गरिएको छ। सो घटनाबारे छानबिन भइरहेको बताइएको छ।

    सामाजिक सञ्जालमा राखिएका जानकारीहरूमा यात्रुहरुले अक्सिजन मास्क लगाइरहेको देखिएको छ। अधिकारीहरूका अनुसार उक्त असावधानीका कारण केही यात्रुहरुको नाक र कानबाट रगत बग्नुका साथै कतिपयको टाउको दुखेको थियो। मुम्बई फर्काइएका यात्रहरूलाई चिकित्सकले उपचार गरेका थिए।

    तीस जनाभन्दा धेरै यात्रुहरूलाई त्यसरी उपचार गरिएको अधिकारीहरूले बताएका छन्। उक्त बोइङ ७३७ विमानमा १६६ यात्रु सवार थिए।


    Share your thoughts!











    Close in 7