इन्डोनेसियामा भूकम्प गएको १ घण्टा नबित्दै खतरनाक सुनामी, ठुलो क्षतिको अनुमान

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 28, 2018 | 11:24:18 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्डोनेसियामा शक्तिशाली भूकम्प लगत्तै सुनामी गएको छ। करिब ७.५ म्याग्निच्युड अनुमान गरिएको भूकम्प गएलगत्तै आएको सुनामीले ठुलो क्षति पुर्याएको अनुमान गरिएको छ। 

इन्डोनेसियाको पालु शहरमा सुनामीबाट धेरै प्रभावित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन। त्यहाँ समुद्रमा २ मिटर उचाईसम्म सुनामीको लहर देखिएको बिबिसीले लेखेको छ। 

सामाजिक संजालमा सुनामीको जुन भिडीयो आएको छ, त्यसमा मानिसहरु चिच्याएको र आत्तिएको सुनिएको छ। भिडियो खिच्दा खिच्दै उनीहरु समेत सुनामीबाट प्रभावित भएको आशंका गरिएको छ। 

भूकम्प लगत्तै आएको सुनामीका कारण पांच जनाको मृत्यु भएको जनाइएको छ। उनीहरुको मृत्युको कारण भूकम्प हो या सुनामी भन्ने यकिन भईनसकेको बिबिसीले बिबिसीले जनाएको छ।    

पछिल्लो महिना इन्डोनेसियामा एकपछि अर्को गर्दै पटक पटक भूकम्प गएको छ। जस कारण झन्डै सय भन्दा बढी मारिएका छन। सबैभन्दा खतरनाक भूकम्प २३ दिन अगाडी अगस्त ५ मा गएको थियो। सो भूकम्पले ४६० को ज्यान गएको थियो। रिंग अफ फायर मा भएकाले इन्डोनेसियामा प्रायजसो भूकम्प गईरहन्छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved