पत्रकार खशोग्गीको हत्यामा साउदी जिम्मवार पाइए कडा कारबाही गर्ने ट्रंपको चेतावनी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 14, 2018 | 09:43:10 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियालाई सजाय दिने चेतावनी दिएका छन।  साउदी पत्रकार जमाल खशोग्गीको हत्यामा साउदी अरेबिया जिम्मेवार रहेको पाइएमा साउदीलाई कडा सजाय दिइने ट्रम्पले चेतावनी दिएका हुन।

कडा सजाय दिने भनिएपनि के सजाय दिने भन्नेबारे ट्रंप मौन छन। यद्दपी दुई देशबीचका ठूला सैन्य ठेक्कापट्टा भने नरोकिने ट्रम्पको भनाई छ । साउदी अरेबियाले खशोग्गीको हत्या भएको आरोप अस्वीकार गर्दै आएको छ। 

टर्कीको इस्तानुबलमा रहेको साउदीको महावाणिज्य दूतावासबाट अक्टोबार २ तारिखबाट बेपत्ता भएका पत्रकार खशोगी साउदी सरकारका कट्टर आलोचक रहेको बिदेशी संचार माध्यमले जनाएका छन। 

आफ्ना आलोचकलाई साउदी सरकारले बेपत्ता पारेर हत्या गरेको आरोप अमेरिकाले लगाउदै आएको छ । यस्तै संयुक्त राष्ट्रसंघका प्रमुख एन्टनियो गुटरेशले पनि खशोगीको अवस्थाबारे सत्यतथ्य प्रस्तुत गर्न माग गरेका छन् । पत्रकार खशोग्गीको इस्तानुबलस्थित साउदी अरेबियाको महावाणिज्य दूतावासभित्र हत्या भएको प्रमाण आफूसँग भएको टर्कीले पनि दावी गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved