सुनामीमा मृत्यु हुनेको सङ्ख्या ३७० भन्दा बढी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 25, 2018 | 09:11:27 AM मा प्रकाशित

laxmi  sunrise bank

 इन्डोनेशियामा शनिबार भएको ज्वालामूखी विष्फोटपछि आएको सुनामीका कारण मृत्यु हुनेको सङ्ख्या सोमबार ३७३ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले जनाएको छ । सुनामीका कारण दक्षिणी सुमात्रा तथा पश्चिमी जाभा क्षेत्रमा परेर हराउने सङ्ख्या १२८ रेकर्ड गरिएको उक्त संस्थाले बताएको छ । 

शनिबार एकाबिहानै इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएको र त्यसलगत्तै सुनामी आएको हो । सोही कारण पनि हराइरहेका व्यक्तिको सङ्ख्या अझै यकिन हुन सकिरहेको छैन । सुनामीका कारण मृत्यु भएका तथा घाइतेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । 
शक्तिशाली सुनामीका कारण ठूलो क्षति भएको अधिकारीले जनाएका छन् । समुद्री तट नजीकको वस्तीको वरपरका सयौँ घर भत्किएका छन् । ती क्षेत्रमा रहेका अन्य भौतिक संरचना पनि ढलेका छन् । 

यसबाट सबैभन्दा धेरै पाडेलाङ, दक्षिण लाम्पुङ र सेराङ नामका क्षेत्रमा अन्यत्रभन्दा बढी क्षति पुगेको सरकारी अधिकारीले बताएका छन् । भौगर्भिक अधिकारीले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसका कारण समुद्रमुनिको जमिनमा पहिरो गएकोले सुनामी आएको हुनसक्ने अनुमान गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved