साउदी नरेश द्वारा अर्थमन्त्री बर्खास्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 01, 2016 | 04:11:11 PM मा प्रकाशित

laxmi  sunrise bank

साउदी नरेश सल्मान विन अब्दुलाजिज अल साउदले यहाँका अर्थमन्त्रीलाई सोमबार बर्खास्त गरेको कुरा साउदी समाचार एजेन्सीले जनाएको छ ।

खस्किदो अर्थतन्त्र र तेलको गिरावटलाई उकास्न मन्त्री र उच्च अधिकारीको तलव घटाउने जस्ता कडा निर्णयका बाबजुद देखा परेका जटिलताको प्रतिक्रियाका रुपमा नरेशबाट उक्त कदम चालिएको बताइएको छ । शाही आदेशले तत्कालिन  अर्थमन्त्री इब्राहिम अल असफलाई वित्त बजार निगमका अध्यक्ष मोहम्मद अल जदानलाई राज्यमन्त्रीका रुपमा पुन नियुक्त गरेको छ ।

सोही आदेशले खाद्य तथा औषधी प्राधिकरण एवं सार्वजनिक यातायात प्राधिकरण जस्ता प्रमुख संस्थाका प्रमुखहरुलाई समेत बर्खास्त गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved