मध्यरातमा बाक्लो बस्तीमा भिषण आगलागी, ६० को मृत्यु, सयौ घाइते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2019 | 08:30:01 AM मा प्रकाशित

laxmi  sunrise bank

बंगलादेशको राजधानी ढाकामा भएको आगलागीमा ६० जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार थुप्रै घाइते भएका छन्। घाइतेमध्ये केही गम्भीर रूपमा जलेका छन्। अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमद खानले राति १० बजपछि आगो लागेको हो। त्यहाँबाट १२ जनाको शव निकालिएको छ। मृतकको सङ्ख्या बढ्न सक्छ। राजधानीको पुरानो शहरी इलाकाको चोकबजारको एउटा भवनबाट आगो सुरू भएको थियो। उक्त भवनमा रासायनिक पदार्थको गोदाम पनि थियो।

हेर्दा हेर्दै आगो अर्को भवनमा पनि फैलियो। आगो नियन्त्रणमा लिन ३७ वटा दमकल त्यहाँ पुगेका थिए। आगो करिब नियन्त्रणमा आएको बताइएको छ। महानिर्देशक खानका अनुसार पूर्ण नियन्त्रणपछि भवनमा खोजी गरिनेछ। आगो लाग्नुको कारण थाहा भएको छैन। खानले भने, "केहीले सिलिन्डर विस्फोट हुँदा आगो लागेको बताएका छन्। तर अनुसन्धानपछि मात्र सत्य थाहा हुनेछ। त्यहाँ प्लास्टिक र रासायनिक पदार्थ भएकाले आगो तीव्र रूपमा फैलिएको हो।" उनले साँघुरो बाटो र पानीको अभावमा आगो नियन्त्रणमा अप्ठ्यारो परेको पनि बताए।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved