डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औ राष्ट्रपति हुने निश्चित, अब केवल ६ भोट आवश्यक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 09, 2016 | 12:44:39 PM मा प्रकाशित

laxmi  sunrise bank

  रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औ राष्ट्रपति हुने निश्चित जस्तै भएको छ  । विभिन्न राज्यको मत परिणाम आउने क्रम जारि रहंदा ट्रंपले प्रतिद्वन्द्वी डेमोक्रेटिक हिलरी क्लिन्टनलाई  पछि पार्दै  फराकिलो अग्रता कायम गरेका छन् । 

गार्जियनका अनुसार ट्रंपले हाल सम्म २ सय ६४ इलेक्टोरल भोट जिती सकेका छन् भने हिलारीको भोट २ सय १५ मात्र छ ।  ५३८ इलेक्टोरल कलेजमा राष्ट्रपतिमा निर्वाचित हुन २७० भोट चाहिन्छ । यसको अर्थ अब ट्रंपलाई जितको लागि केवल ६ इलेक्टोरल भोट आवश्यक छ  ।

ट्रंपले निर्णायक मानिएका राज्यमा जित हासिल गरेका छन्।  उनी मिसिगन, अरिजोना, विस्कनसिनको मत गणनामा हिलारी भन्दा अगाडी छन् ।  यी तिन मध्ये कुनै एक मात्र जिते पनि ट्रंप राष्ट्रपति बन्ने निश्चित छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved