इमरान खान नोबेल पुरस्कारका लागि मनोनित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2019 | 12:17:04 AM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानी प्रधानमन्त्री इमरान खान नोबेल पुरस्कार प्राप्त गर्ने सम्भावित उम्मेदवारको रुपमा चयन भएका छन। खानलाई अमेरिकी प्रकाशन गृहले नोबेल पुरस्कार प्राप्त गर्ने सम्भावित उम्मेदवारको रुपमा चयन गरेको हो। 

अमेरिकाको ‘द क्रिस्चियन साइन्स मनिटर’ले नोबेल शान्ति पुरस्कारका लागि आफ्नो प्रारम्भिक सूचीमा खानलाई चयन गरेको हो। पाकिस्तानले कब्जामा लिएको भारतका बायुसेनाका विंग कमान्डरलाई फिर्ता गर्ने खानको निर्णय 'शातिपूर्ण नेतृत्वमा सम्भवतः सबैभन्दा ठूलो आश्चर्य र संसारको लागि सबैभन्दा महत्वपूर्ण’ भन्दै त्यो संस्थाले खानलाई चयन गरेको हो। 

भारतका बायुसेनाका चालक अभिनन्दनको रिहाईपछि पाकिस्तानको प्रधानमन्त्री खानलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने आवाज पाकिस्तान भित्रै उठेको थियो। यसका लागि प्रस्ताब समेत गरिएको थियो तर खानले 'कास्मिरको जनताको चाहनाअनुसार जारि विवाद मिलाउने सक्ने व्यक्ति मात्र नोबेल पुरस्कारको योग्य' हुने भन्दै आफु त्यसको हकदार नभएको प्रतिकृया दिएका थिए।        


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved