संसारभर बोइङका म्याक्स विमान उडानमा रोक, ३ सय ७१ वटा विमान थन्किए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2019 | 08:43:56 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्ना ७३७ म्याक्स मोडलका सम्पूर्ण जहाजहरूमा उडान रोक लगाएको छ। यससँगै उसले निर्माण गरेका ३७१ वटा त्यस्ता विमानहरू अर्को निर्णय नभएसम्मका लागि उड्ने छैनन्। अमेरिकी उड्डयन नियामक निकायले गत आइतबार उक्त मोडेलको एउटा विमान दुर्घटना भएको इथियोपियाबाट नयाँ प्रमाण भेटिएपछि त्यस्तो निर्णय लिइएको बताएको छ।

भेटिएको नयाँ प्रमाण र भू-उपग्रहबाट लिइएका पछिल्ला केही विवरणपश्चात् यस्तो निर्णय लिइएको अधिकारीहरूले बताएका छन्। यसअघि अमेरिकी संघीय उड्डयन प्रशासनले उडानहरू रोक्ने आधार नभेटिएको बताएको थियो। बुधवार भने उक्त निकायका कार्यवाहक प्रशासक डेनियल इल्वेलले भनेका छन्, "हामी सबै यो कुरामा स्पष्ट भएका छौँ कि दुर्घटना भएको इथियोपियन एयरलाइन्सले लिएको बाटो र उसको व्यवहार लायन एयरको जस्तै थियो। जमिनमा पाइएका प्रमाणले पनि त्यस्तै देखायो।" सोही मोडेलको लायन एयरको विमान पाँच महिनाअघि इन्डोनेसियामा दुर्घटना हुँदा १८९ जनाले ज्यान गुमाएका थिए।

यसअघि राष्ट्रपति ट्रम्पले दुर्घटनास्थल र अन्यत्रबाट प्राप्त विवरण एवं उजुरीका आधारमा आपतकालीन आदेश दिन लागेको बताएका थिए। गत वर्षको अन्त्यतिर केही अमेरिकी पाइलटहरूले उक्त विमानलाई उडाउने बेलामा नियन्त्रण गर्न समस्याहरू भएको उजुरी गरेका थिए। बोइङले भने उक्त मोडेलको विमानको सुरक्षामा आफू सुनिश्चित रहेको बताएको छ।

उडानहरू रोक्नुलाई भने उसले 'निकै उच्च स्तरको सावधानी' अपनाएको बताउँदै मानिसहरूलाई पुन: आश्वस्त पार्न चाहेको जनाएको छ। यसअघि नै ब्रिटेन, युरोपेली संघ, चीन, अस्ट्रेलिया र भारत लगायतका देशले आफ्ना विमानसेवामा उक्त मोडलको जहाजलाई उड्न रोकिसकेका थिए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved