ट्रंप विरोध र्याली नजिक गोली चल्यो:  ५ घाइते, दुईको अवस्था गम्भीर 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 10, 2016 | 11:46:11 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रंप निर्बाचित भएपछि त्यहाँका विभिन्न राज्यमा ट्रंपको विरोधमा 'एन्टी ट्रंप' र्याली भएका छन् । वाशिंगटन राज्यको सियाटलमा भईरहेको 'एन्टी ट्रंप' र्याली नजिक भने गोली चलेको छ । 

र्याली नजिक झगडा भएको र त्यहाँबाट आक्रोशित मुद्रामा निस्किएका एक अपिरिचित युवकले भिड तर्फ फर्केर गोली हानेको प्रहरीले जनाएको छ । गोली लागि ५ जना घाइते भएका छन् भने २ को अवस्था गम्भीर रहेको अमेरिकी संचार माध्यमहरुले जनाएका छन् ।

गोली हान्ने युवकको खोजि जारी रहेको प्रहरीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved