प्रधानमन्त्रीका उम्मेदवार राहुल गान्धी नै पराजित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2019 | 05:50:25 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय लोक सभा निर्वाचनमा बिपक्षी दल कंग्रेस आईबाट प्रधानमन्त्रीको उम्मेदवार बनेका राहुल गान्धी पराजित भएका छन् । पार्टी अध्यक्ष समेत रहेका गान्धी उत्तर प्रदेशको अमेठीबाट चुनाव लडेका थिए । तर उनलाई सत्तारुढ दलकी केन्द्रीय मन्त्री समेत रहेकी स्मृति इरानीले पराजित गरेकी हुन् । उनले करिब १ लाख मतान्तरले गान्धिलाई पराजित गरेकी हुन् 

राहुलले त्यस क्षेत्रबाट सन् २००४ देखि अहिलेसम्म लगातार चुनाव जित्दै आएका थिए । राहुलले हार स्वीकार गर्दै स्मृतिलाई बधाई दिएका छन् । साथै उनले अमेठीको राम्रोसंग ख्याल राख्न समेत आग्रह गरेका छन् ।

अमेठीबाट पराजित भएपछि राहुलले केरलाबाट भने चुनाव जितेका छन् ।

निर्वाचनमा कंग्रेसले नराम्रो हार बेहोरेको छ । पार्टीको पराजयपछि राहुलले अध्यक्षबाट राजिनामा दिन प्रस्ताव गरेको केहि भारतीय संचार माध्यमले जनाएका छन् । उनले पार्टीको पराजयको हार भने आफुले लिने बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved