जापानमा शक्तिशाली भूकम्पपछि सुनामी, अझै ठूलो सुनामीको चेतावनी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 22, 2016 | 06:49:42 AM मा प्रकाशित

laxmi  sunrise bank

जापानमा मंगलबार शक्तिशाली भूकम्प गएको छ । नेपाली समय अनुसार आज बिहान पौने तीन बजे जापानको उत्तरपूर्वी प्रान्त फुकुशिमा केन्द्रविन्दु भएर ६ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । 

भूकम्पसंगै १ मिटरसम्मको सुनामी पनि गएको छ । जापानको मौसम विभागले अझै तीन मिटर अग्लो समुद्री छाल आउन सक्ने भन्दा तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । 

अहिलेसम्म भूकम्पका कारण भौतिक तथा मानवीय भएको खबर नआएको जापानको सरकारी सञ्चारमाध्यम एनएचकेले जनाएको छ । अमेरिकी भूगर्भ विभागले सुरुमा ७ दशमलव ३ रेक्टरको भूकम्प आएको जनाएको थियो । तर पछि ६ दशमलव ९ रेक्टरको रहेको बताएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved