पदभार सम्हालेकै दिन ट्रम्पले गर्दैछन ६ महत्वपूर्ण निर्णय, दर्जनौ देशलाई असर पर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 22, 2016 | 12:22:11 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाका राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले आफुले पदभार सम्हालेको पहिलो दिननै एक कार्यकारी आदेश जारी गरि ट्रान्स प्यासिफिक पार्टनरशीप व्यापार सम्झौताबाट फिर्ता हुने बताएका छन्। उक्त टिपीपी सम्झौता राष्ट्रपति ओबामाको व्यापार नीतिको एक प्रमुख हिस्सा रहँदै आएको छ।

जनवरीमा व्हाइट हाउस प्रवेश गरेपछि शुरुमा आफु के गर्न चाहन्छु भन्ने बारे एक भिडियो सन्देश जारी गर्दै ट्रम्पले उक्त घोषणा गरेका हुन्। टिपीपी भनिने सो व्यापार सम्झौता विश्वको अर्थतन्त्रको ४० प्रतिशत हिस्सा ओगट्ने १२ देशले हस्ताक्षर गरेका थिए।

सन् २०१५ मा हस्ताक्षर गरिएको उक्त सम्झौतामा जापान, मलेसिया, अष्ट्रेलिया, न्यूजील्याण्ड, क्यानडा तथा मेक्सिको सहभागी छन्। तर उक्त सम्झौता अनुमोदन भने भइसकेको थिएन।

उक्त सम्झौताका पक्षधरकाले त्यसले आर्थिक सम्बन्ध गहिरो बनाइ वृद्धि हासिल गर्ने उद्देश्य लिएको बताउने गरेका छन् भने विरोधीहरुले सो सम्झौता गोप्य रुपले गरिएको र ठूला कम्पनीहरुलाई फाइदा हुने खालको भएको भन्ने गरेका छन्।

सोमबार जापानी प्रधानमन्त्री शीन्जो आबेले अमरिका विना ट्रान्स प्यासिफिक पार्टनरशीप व्यापार सम्झौता अर्थहीन हुने बताएका थिए।

सो भिडियो सन्देशमा ट्रम्पले कोइला उत्पादनमा उनकै शब्दमा रोजगारका अवसर मार्ने गरि लगाइएका रोकावटहरु कम पार्ने तथा अमेरिकी कामदारलाई असर पार्ने खालका भीजा दुरुपयोग रोक्ने बताए।

उक्त सन्देशमा उनले अमेरिका फर्स्ट अर्थाता अमेरिकालाई पहिलो प्राथमिकतामा राख्ने नै आफ्नो मूल एजेण्डा हुने बताए।

कार्यकालको पहिलो दिन आफुले चाल्ने ६ प्रमुख कार्यकारी कदम उनले प्रष्ट्याए। जसमा टिपीपीबाट फिर्ता हुने, अमेरिकी उर्जा उत्पादनमा लगाइएका तगारा हटाउने, व्यापारमा लागेका नियमन खुकुलो पार्ने, साइबर हमलासंग जुध्न योजना बनाउने, भीजा दुरुपयोग अनुसन्धान गर्ने तथा सरकारी सेवा छाडेकाहरुलाई पाँच वर्षसम्म कसैको पक्षमा लब्बिइस्टको काम गर्नबाट प्रतिबन्ध लगाउने रहेका छन्। (बीबीसी)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved