पत्रकार जमल खगोस्सीको हत्यामा साउदी राजकुमार मोहम्मद बीन सलमानको संलग्नता भएकोले संयुक्त राष्ट्रसंघले उनीमाथि अनुसन्धान गर्नुपर्ने जनाएको छ । राष्ट्रसंघले हालै जारी गरेको रिपोर्टमा खसोग्गी हत्याबारेको अनुसन्धानमा राजकुमार सलमानको संलग्नता रहेको प्रमाण फेला परेकाले उनीमाथि अनुसन्धान गर्नुपर्ने उल्लेख छ ।
रिपोर्टमा खगोस्सीको हत्या हुनुअघिको अडियो रेकर्ड समेत उल्लेख गरिएको छ । जहाँ महेर अब्दुलाजीज मुत्रेब र बीन सलमानबीचको गोप्य कुराकानी पनि रिपोर्टमा सार्वजनिक गरिएको छ । हत्यापछि खगोस्सीको शरीरलाई कसरी केभित्र राख्ने भन्ने विषयमा सलमान बीनसँगको छलफलको अडियो पनि रिपोर्टमा राखिएको छ ।