फाल्कन हेभि रकेटको प्रक्षेपण सफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2019 | 01:57:10 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाको एक निजी कम्पनीले फाल्कन हेभि रकेटको सफलतापुर्वक प्रक्षेपण गरेको छ। एलन मस्कको अगुवाईमा स्थापित स्पेसएक्स कम्पनीको फाल्कन हेभी रकेट मंगलबार सफलतापूर्वक प्रक्षेपण गरिएको छ । निकै कठिन मानिएको यस अभियान सफल भएको कम्पनीले जनाएको छ ।

अमेरिकी समय अनुसार बिहान २:३० बजे फ्लोरिडा राज्यको केनेडी अन्तरिक्ष केन्द्रबाट फाल्कन हेभी प्रक्षेपण गरिएको थियो । फाल्कन हेभीको यो तेस्रो प्रक्षेपण हो ।करिब छ घण्टा लागेको प्रक्षेपण स्पेसएक्स कम्पनीको इतिहासमै निकै चुनौतीपूर्ण कार्य थियो । 

स्पेसएक्सका अनुसार गत अप्रिलमा फाल्कन हेभीको परीक्षण उडानमा प्रयोग गरिएको बुस्टरलाई पनि यसपटक पुनः प्रयोग गरिएको थियो । 

अन्तरिक्षमा उपग्रह स्थापनामा केन्द्रित गरिरहेको स्पेसएक्सले निकट भविष्यमै मानिसलाई अन्तरिक्ष पर्यटनमा लैजाने योजना अघि बढाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved