उडिरहेको विमान घरमा ठोक्कियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2019 | 11:12:27 AM मा प्रकाशित

laxmi  sunrise bank

रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएको छ ।  दुर्घटनामा चालक दलका दुई जनाको मृत्यु भएको छ ।

उलान–उडबाट आएको एएन–२४ कलसाइन विमान साइबेरियाको निझनियनगास्र्क विमानस्थलमा आपतकालीन अवतरण गर्नेक्रममा दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् । 

उक्त बिमान धावनमार्गबाट करिब १०० मिटर टाढा उछिट्टिएको थियो । आपतकालीन अवतरण गरेको बिमानले धावनमार्ग नजिकैको फोहोर प्रशोधन केन्द्रको भवनमा ठक्कर दिएको थियो ।

बिमानका चालक दलका दुबै सदस्यको मृत्यु भए पनि बिमानमा सवार सबै ४३ जना यात्रु सकुशल रहेको स्थानीय प्रहरीले जनाएको छ ।

रुसी उड्डयन प्राधिकरणले दुर्घटनाको बारेमा अनुसन्धान शुरु गरेको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved