बमको हल्लापछि एअर इन्डियाको विमान आकष्मिक अवतरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2019 | 12:06:54 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय वायुसेवा एअर इन्डियाको एक यात्रुवाहक विमान आकष्मिक अवतरण भएको छ । विमानमा 'बमको खतरा' भएको सूचना प्राप्त भएपछि सावधानी अपनाउँदै त्यसलाई लन्डननजिकै स्ट्यान्स्टेड विमानस्थलमा अवतरण गराइएको  कम्पनीले जनाएको छ।  

एअर इन्डियाको एआई-१९१ विमान भारतको मुम्बईबाट अमेरिकाको नेवार्कतर्फ उडेको थियो। ब्रिटेनको रक्षा मन्त्रालयका अनुसार त्यो विमानलाई रोयल एअरफोर्सका टाइफुन लडाकु जेटहरूको सुरक्षा घेरामा आपत्कालीन अवतरण गराइएको हो। एअर इन्डियाका अनुसार मुम्बई विमानस्थलमा त्यो विमानमा बम राखिएको चेतावनी एउटा इमेलमा प्राप्त भएको थियो।

एअर इन्डियाले त्यो विमानमा बमको खतरा भएको भन्दै एउटा ट्वीट गरेको थियो। तर त्यो पछि हटाइयो। विमानसेवाले रोएटर्स समाचारसंस्थालाई बमको झूटो चेतावनी दिइएको बताएको छ। स्ट्यान्स्टेड विमानस्थलले जारी गरेको विज्ञप्तिअनुसार ३२७ यात्रु सवार त्यो विमान ब्रिटिश समयानुसार १०.१५ बजेतिर अवतरण गराइएको थियो। त्यसपछि त्यसलाई विमानस्थलको एकान्त स्थानमा लगिएको थियो। कुनै खतरा नभएको पुष्टि भए पनि त्यो विमान राति २१.३० बजे नेवार्कका लागि उडेको थियो।

एक यात्रु डिनो गोयलले ट्विटरमा लेखेअनुसार सबै यात्रुहरूकाई एक एक गरी उतार्दै तालिमप्राप्त कुकुरको सहायताले उनीहरूको झोला तथा शरीर जाँच गरिएको थियो। त्यसपछि उनीहरूलाई टर्मिनल भवनमा लगेर खानेकुरा दिइएको थियो। उनले लेखेका छन्, "अब लन्डनबाट अर्को चालकदल आउँदैछ। अब सबै यात्रुले फेरि सुरक्षा जाँच र अध्यागमन पार गर्नुपर्नेछ।" 

रोयल एअरफोर्सका एक प्रवक्ताका अनुसार एअर इन्डियाको विमानलाई सुरक्षा दिन नजिकै रहेको कोनिङ्स्बाईबाट टाइफुन जेटहरू उडेका थिए। ती जेटलाई सुपरसोनिक भनिने अत्यन्त तीव्र गतिमा उड्ने अनुमति दिइएको थियो। त्यस क्रममा डेर्बिशायर क्षेत्रमा चर्को मेघगर्जन भएजस्तो आवाज सुनिएको थियो। (बिबिसी) 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved