सैनिक हेलिकप्टर बेपत्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2019 | 05:17:56 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्डोनेसियाको एउटा सैनिक हेलिकप्टर शुक्रबार सम्पर्कविहीन भएको छ । उडेको केहीबेरमै १२ यात्रु बोकेको हेलिकप्टर एयर ट्राफिक कन्ट्रोल रुमबाट सम्पर्कविहीन भएको अधिकारीहरूले जानकारी दिएका छन् । सम्पर्कविहीन भएको हेलिकप्टर पपुवाको ओक्सिबिलबाट सुदुरपश्चिम प्रान्त सेन्तानीतर्फ उठेको थियो ।

हेलिकप्टरमा भएका सबै सैन्य दलका सदस्य रहेको पपुवाका सैनिक प्रवक्ता मोहम्मद एैडीले जानकारी दिए । उनका अनुसार हेलिकप्टरमा बन्दोबस्तीका सामग्रीहरु पनि थिए । 

स्थानीय समय अनुसार शुक्रबार विहान ११:४४ मा हेलिकप्टर उडेको थियो भने साढे एक घण्टामा सेन्तानीमा अवतरण गर्ने अपेक्षा गरिएको थियो । हेलिकप्टर उडेको समयमा त्यस क्षेत्रमा मौसममा पनि कुनै खराबी नदेखिएको अधिकारीहरूले बताएका छन् ।  

घटनास्थलतर्फ खोजी तथा उद्धारका लागि टोली खटाइएको र घटनास्थल कठिन पहाडी क्षेत्र भएकाले खोजी तथा उद्धारका लागि पनि गाह्रो भएको जनाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved