कार बम विस्फोटमा १२ को मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2019 | 02:31:09 PM मा प्रकाशित

laxmi  sunrise bank

अफगानिस्तानको पूर्वी क्षेत्र घान्जि प्रदेशमा भएको कार बम विस्फोटमा परी कम्तीमा १२ जना मारिएका छन् । कतारमा अफगानिस्तानको द्वन्द्व अन्त्य गर्ने बारेमा शान्तिवार्ता भइरहेका बेला अफगानिस्तानमा पछिल्लो समय धेरै विस्फोटका घटना भइरहेका छन् । आइतबार गुप्तचरसम्वन्धी एक कार्यालय नजिकै विस्फोट पनि त्यसैको श्रृङ्खला भएको र विस्फोटनमा परी अरु कैयौं घाइते भएका छन् । 

अमेरिकी सहजकर्ताको समन्वयमा अफगानिस्तानी प्रतिनिधि र तालिवान लडाकूको पक्षबीचमा दोहामा शान्तिवार्ता भइरहेको छ । अफगानिस्तानमा १८ बर्षदेखि जारी द्वन्द्व समाधानका लागि अमेरिकाले प्रयास गरेपनि खासै उपलब्धी हुनभने सकेको छैन । 

विस्फोटमा परी १२ जनाको मृत्यु भएको र १७९ घाइते भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिडुल्लाह मायरले जानकारी दिए । घाइते मध्ये अधिकांश सर्वसाधारण र बालबालिका रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved