इन्डोनेसियामा शक्तिशाली भुकम्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2019 | 03:30:02 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार बिहानै इन्डोनेसियाको बालीमा  ६.० म्याग्नीच्यूडको भूकम्प गएको छ । इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार स्थानीय समय अनुसार बिहान ७ बजेर १८ मिनेटमा भूकम्प गएको थियो । 

इन्डोनेसियाली भूगर्भ केन्द्रका वाहु कुर्नियावानले भूकम्पले सुनामी निम्त्याउने सम्भावना नदेखिएकाले सुनामीको चेतावनी नदिइएको सिन्ह्वा समाचार समितिलाई बताए ।

भूकम्पले नुसा डुआमा सामान्य क्षति पुगेको छ । बालीस्थित विपद् व्यवस्थापन निकायका सूचना प्रमुख न्योमान सन्जयले भूकम्प आउनासाथ पर्यटकहरुमा भागदौड मच्चिएको र होटल तथा भबनहरु खालि गरेको बताए । 

इन्डोनेसियामा बारम्बार भूकम्प आउने र बर्सेनि जनधनको ठूलो क्षति हुने गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved