ब्राजिलियन फुटबलर बोकेको विमान ल्याण्ड गर्नुभन्दा ५ मिनेट अघि दुर्घटना, ७६ को मृत्यु 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 29, 2016 | 04:36:56 PM मा प्रकाशित

laxmi  sunrise bank

 कोलम्बियामा भएको चार्टर्ड बिमान दुर्घटनामा परी ७६ जनाको मृत्यु भएको छ । ब्राजिलको एसिएफ क्लबका फुटलब खेलाडी र क्लबका प्रतिनिधि तथा समर्थक सहित ८१  जना यात्रु लिएर बोलिभियाबाट उडेको विमान कोलम्बियामा दुर्घटनाग्रस्त भएको हो I प्रहरीले ५ जनाको भने जिवितै उद्दार गरेको छ । उद्दार हुनेमा फुटबल क्लबका डिफेन्डर र २ गोलकिपर छन् । 

बिमानमा ब्राजिलको ए डिभिजन क्लब  एसिएफ क्लबका फुटबल खेलाडी थिए। उनीहरु मेडेलियनको कोपा सुडामेरिकाको फाइनलमा एट्लेटिको नेशनलविरुद्ध खेल्न गइरहेका थिए। फाइनल खेल बुधबारका लागि निश्चित गरिएको थियो। 

विमान ल्याण्ड गर्नु भन्दा ५ मिनेट अघि दुर्घटनामा भएको बताईएको छ । मिरर न्युजका अनुसार अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी १८ दिन अघि यहि विमानमा चढेका थिए।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved