अमेरिकाको एक मेलामा गोली चल्दा तीनको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2019 | 03:14:51 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाको क्यालिफोर्निया शहर नजिक चलिरहेको खानेकुराको एक मेलाको क्रममा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा तीन सर्वसाधारणको मृत्यु भएको छ । 

‘द गिलरोए गार्लिक फेस्टिबल’ नाम दिइएको यस मेलाको अन्तिम दिन आइतबार मेलामा सहभागी हुन आएका व्यक्तिमाथि गोली प्रहार हुँदा अरु पन्ध्र व्यक्ति घाइते भएका छन् ।

यस आक्रमणको क्रममा एक संदिग्ध बन्दुकधारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । सान जोसे शहरबाट ४८ किलोमिटर दक्षिणपूर्वमा रहेको गिलरोए शहरमा सो गोलीकाण्ड भएको थियो  ।

एक मिनेटभन्दा पनि कम समयमा उक्त गोलीकाण्ड भएको जनाइएको छ । प्रत्यक्षदर्शीका अनुसार एक बन्दुकधारीले अर्धस्वचालित बन्दुकबाट गोली प्रहार गरेका थिए । तीन दिनको यस पर्वमा लसुनका परिकार हेर्न हजारौं व्यक्ति भेला भएका थिए । मेलामा लसुनबाट बन्ने विभिन्न खानेकुरा र पेयपदार्थ राखिएका थिए । 

यस बन्दुक आक्रमणको खास कारण भने प्रष्ट हुन सकेको छैन । अमेरिकामा वर्षैपिच्छे ठुल्ठूला गोलीकाण्ड हुने गरेका छन् जहाँ अत्याधिक हतियारको आडमा आममानिसमाथि जथाभावी गोली प्रहार हुने गरेको छ । बन्दुक हिंसाका कारण अमेरिकामा बर्सेनि ४० हजारको हाराहारीमा मानिसको मृत्यु हुने गरेको अध्ययनहरुले देखाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved