अल-कायदा संस्थापक ओसामा बिन लादेनका छोराको ‘मृत्यु’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2019 | 08:40:20 AM मा प्रकाशित

laxmi  sunrise bank

अल-कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जाको मृत्यु भएको अमेरिकी गुप्तचर अधिकारीहरूले जनाएका छन्। अज्ञात स्रोतहरूलाई उद्धृत गरिएका समाचारमा उनको मृत्युको मिति र स्थानबारे विस्तृत विवरण अस्पष्ट छ। 

फेब्रुअरी महिनामा अमेरिकी सरकारले उनी बसेको ठाउँबारे जानकारी दिनेलाई १० लाख डलर पुरस्कार दिने घोषणा गरेको थियो। साउदी अरेबियाले गत मार्चमा उनको नागरिकता खोसेको थियो। झन्डै ३० वर्ष उमेर भएको ठानिएका हम्जा अमेरिका र अन्य देशहरूमा आक्रमण गर्न आग्रह गर्दै भिडिओ र अडिओ रिपोर्ट सार्वजनिक गरेका थिए। उनको मृत्युको खबर सबैभन्दा पहिले एनबीसी र न्यूयोर्क टाइम्सले सार्वजनिक गरेका हुन्।

संवाददाताहरूले त्यसबारे बुधवार प्रश्न गर्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टिप्पणी गर्न अस्वीकार गरेका थिए। ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि त्यसै गरेका थिए। हम्जा बिन लादेनले आफ्ना पिताको अमेरिकाद्वारा गरिएको हत्याको बदला लिन जिहादीहरूलाई आग्रह गरेका थिए। ओसामा बिन लादेन अमेरिकी विशेष फौजद्वारा सन् २०११ मा पाकिस्तानमा मारिएका थिए।

हम्जा बिन लादेनले सन् २०११ मा पाकिस्तानमा आफ्ना पिताको अमेरिकाद्वारा गरिएको हत्याको बदला लिन जिहादीहरूलाई आग्रह गरेका थिए। उनलाई अल-कायदाभित्र आफ्ना पिताको उत्तराधिकारीको रूपमा उदाइरहेको कतिपयले ठान्ने गर्थे। उनले अबर प्राय:द्वीपका जनतालाई विद्रोह गर्न आह्वान गरेका थिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved