भारत र पाकिस्तानमा शक्तिशाली भूकम्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2019 | 04:11:27 PM मा प्रकाशित

laxmi  sunrise bank

छिमेकि मुलुक भारत र पाकिस्तानमा  शक्तिशाली भूकम्पको धक्का महशुस भएको छ । मंगलबार दिउँसो स्थानीय समय अनुसार ४ बजेर ३३ मिनेटमा भूकम्प गएको भारतीय संचार माध्यमहरुले जनाएका छन् 

उक्त भूकम्पको केन्द्र बिन्दु  भारत र पाकिस्तानको सिमामा रहेको थियो । केन्द्र बिन्दुबाट नजिकको ठुलो शहर पाकिस्तानको पन्जाब प्रान्तको रावलपिंडी रहेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ

भूकम्पको तिब्रता ६.३ म्याग्नेच्युड रहेको थियो । भूकम्पबाट हाल सम्म कुनै क्षतिको विवरण प्राप्त नभएको टाइम्स अफ इन्डियाले जनाएको छ। भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्लीसम्म महशुस भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved