बेइजिङ पुगेर खानले उठाए काश्मिर मुद्दा, भने-पाँच सय भ्रष्टलाई जेल पठाउन चाहन्छु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2019 | 10:42:55 AM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले चीनले झैं आफुले पनि पाकिस्तानमा भ्रष्टलाई जेल पठाउन चाहेको बताएका छन। दुई दिने चीन भ्रमणमा रहेका खानले चीनका राष्ट्रपतिले भ्रष्टलाई जेल पठाए जसरि आफुले पनि ५०० भ्रष्टलाई जेल पठाउन चाहेको बताएका छन। 

चीन भम्रणमा रहेका खानले बेइजिङमा आयोजित एक कार्यक्रममा आफूले चीनका राष्ट्रपतिले लिएको नीति अपनाउन चाहेको बताएका छन। चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेडमा बोल्दै प्रधानमन्त्री खानले आफूले चीनबाट भ्रष्टाचार कसरी अन्त्य गर्ने भन्ने बारेमा सिकेको जनाए ।

खानले आफूले राष्ट्रपति सीलाई भ्रष्टाचारको विरुद्धमा कडा कदम चाल्ने राष्ट्रपतिको रुपमा बुझेको बताउँदै पछिल्ला ५ वर्षमा ४ सय जना मन्त्री स्तरका व्यक्तिलाई जेल हालेको पाएको जनाएका छन् । 

मंगलबार बेइजिङ्ग पुगेका खानले भ्रमणका क्रममा चीनिया राष्ट्रपति सी जिनपिङ, चिनियाँ उच्च अधिकारीहरु, उद्योगी तथा व्यवसायीसंग भेट गरेका छन। पाकिस्तान चीनको 'वन बेल्ट वन रोड' परियोजनामा धेरै आर्थिक सहयोग लिने मध्ये एउटा देश हो। तर पूर्वाधार निर्माणका कामहरु सुस्त रहेको र गत बर्षको तुलनमा पाकिस्तानमा चिनियाँ लगानी ७० प्रतिशतले घटेको ब्लुमबर्गको रिपोर्टमा उल्लेख छ। 

भेटको क्रममा खानले काश्मीरको सुरक्षाको मामिलामा समेत कुराकानी गरेका छन। उनका साथमा पाकिस्तानका प्रधानसेनापतिपनि चीन गएको बताइएको छ। भारतको केन्द्रिय सरकारले संबिधानको धारा ३७० खारेज गरि जम्मु कास्मिरको स्वायत्तता आफु मातहत रहने निर्णय गरेपछि उत्पन्न विवादको बारेमा पाकिस्तानले चीनलाई जानकारी गराएको छ। धारा ३७० खारेज गरेसंगै जम्मु कास्मिर अब छुट्टै विशेष राज्य नरहेको भारतको दाबी छ। यद्दपी पाकिस्तानका प्रधानमन्त्री खानले संयुक्त राष्ट्र संघमा सम्बोधन गर्दै भारतको यो निर्णय संयुक्त राष्ट्र संघको निर्णय बिरुद्द भएको भन्दै अन्तराष्ट्रिय समुदायसंग काश्मिरमा भारतको ज्यादती रोक्न अपिल गरेका थिए।    

चीनका राष्ट्रपति सीको दक्षिण एसिया भ्रमणको पुर्व सन्ध्यामा इमरान खानको बेइजिंङ भ्रमणलाई भारतले महत्त्वका साथ हेरेको छ। मंगलबार खानलाई स्वागत गरेका चिनियाँ राष्ट्रपति सीले यहि साता शुक्रबार भारत भ्रमण गर्नेछन। पाकिस्तान र चीनबिच भएको पाकिस्तानको एयर फोर्सलाई तालिम दिन जे-१६ फाइटर जेट्स पाकिस्तान पठाउने सहमतिमा भारतले असन्तुष्टि जानेको छ। त्यस्तै चीनका सार्वजनिक पार्कमा महात्मा गान्धीको जन्मदिन मनाउन लगाइएको रोकमा समेत भारतले असन्तुष्टि जनाएको छ। त्यस्तै हालै मात्र भारतमा भएको अमेरिका भारत अष्ट्रेलिया र भारतको संयुक्त आर्मी तालिम 'कुआद' मा चीनको तिब्र असन्तुष्टि रहँदै आएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved