विश्वको धनीमा फेरि फर्किए बिल गेट्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2019 | 12:12:32 PM मा प्रकाशित

laxmi  sunrise bank

माइक्रोसफ्टका संस्थापक बिल गेट्स फेरी संसारकै धनी व्यक्ति बनेका छन् । ६४ वर्षका उनी दुई वर्षपछि धनी व्यक्तिको १ नम्बरमा फर्किएका हुन् । उनको सम्पती १ सय १० अर्ब अमेरिकी डलर छ ।

सन् २०१७ मा गेट्सलाई उछिन्दै अमेजनका मालिक जेफ बेजोस सबैभन्दा धनी बनेका थिए । तर, अहिले भने उनी दोस्रो नम्बरमा परेका छन् । उनीसँग १ सय ९ अर्ब अमेरिकी डलर छ ।

धनी व्यक्तिको तेस्रो नम्बरमा फ्रान्सको एलबीउमएच कम्पनीका मालिक बर्नार्ड अरनाल्ट, चौथो स्थानमा वारेन वफे र फेसबुकका सिइओ मार्क जुकरबर्ग पाँचौ स्थानमा छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved