कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या १ हजार ८६८ पुगेको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार सोमबार थप ९८ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ८६८ पुगेको हो । थप संक्रमित १ हजार ८८६ जना नयाँ संक्रमित भेटिएका छन् ।
हालसम्म कोरनाबाट संक्रमितको संख्या ७२ हजार ४३६ पुगेको छ । करिब ३ हजार स्वास्थ्यकर्मीमा समेत संक्रमण भेटिएको छ ।