ब्रिटेनका राजकुमार चार्ल्सलाई पनि कोरोनाभाइरस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2020 | 06:31:16 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्रिटेनका राजकुमार चार्ल्सलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ। एकहत्तर वर्षीय राजकुमार चार्ल्सलाई मध्यम खालका लक्षणहरू देखिएको तर उनको स्वास्थ्यावस्था राम्रो भएको बताईएको छ।

उनकी ७२ वर्षीया पत्नी डचिस कोर्न्वलको पनि परीक्षण गरिएको छ। तर उनमा भाइरस भएको देखिएन। चार्ल्स र कमिल दुवै जना अहिले स्कटल्यान्डस्थित ब्यालमरलमा अरूबाट अलग्गिएर एकान्तवासमा रहेको क्ल्यारन्स हाउसले बताएको छ।

केही हप्तायता उनी धेरै सार्वजनिक कार्यक्रममा सहभागी भएका "कसबाट राजकुमारमा भाइरस सर्‍यो त्यो पत्ता लगाउन सम्भव" नभएको क्ल्यारन्स हाउसको विज्ञप्तिमा उल्लेख छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved