कोरोनाका कारण चीनभन्दा स्पेनमा धेरै मानिसको मृत्यु, उपप्रधानमन्त्री नै संक्रमित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2020 | 12:02:40 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोनाभाइरस सङ्क्रमणका कारण स्पेनमा मर्नेहरूको सङ्ख्या चीनको भन्दा धेरै पुगेको छ। यो समाचार तयार पार्दा स्पेनमा भाइरसको कारण ३ हजार ६ सय ४७ जनाले ज्यान गुमाएका छन्  । चीनमा भने मृतकको संख्या ३२ सय ८७ छ। इटालीमा हाल सम्म ७ हजार ५ सय ३ ले ज्यान गुमाएका छन् ।

स्पेनकी उपप्रधानमन्त्री कार्मेन काल्भोलाई पनि भाइरस सङ्क्रमण देखिएपछि अस्पताल लगिएको छ। स्पेनमा खासगरि राजधानी मड्रिड सबैभन्दा प्रभावित भएको छ भने उत्तरपूर्वी क्याटलोनियामा पनि तीव्र गतिमा सङ्क्रमण बढिरहेको छ। त्यहाँका सांसदहरूले देशमा लगाइएको आपतकालीन स्थितिलाई थप दुई साताले बढाएर अप्रिल ११ सम्म पुर्‍याउन मतदान गर्दैछन्। ती नियम अनुसार मानिसहरूलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ। उनीहरू केवल अत्यावश्यक सामान किनमेल गर्न वा कामका लागि निस्कन पाउँछन्।

विश्वभरिको पछिल्लो आँकडा अनुसार हालसम्म चार लाख ७१ हजार मानिसमा सङ्क्रमण पाइएको छ। २१ हजारभन्दा धेरैको ज्यान गइसकेको छ। साथै एक लाख १४ हजार जना भने निको भएका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved