अन्तराष्ट्रिय अध्ययन भन्छ ' कोरोनाबाट अमेरिकामा डेढ लाख बढीको मृत्यु हुन सक्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2020 | 10:45:03 AM मा प्रकाशित

laxmi  sunrise bank

एक अन्तराष्ट्रिय अध्ययनले कोरोना भाइरसबाट अमेरिकामा डेढ लाख बढीको मृत्यु हुन् सक्ने देखाएको छ । 'युनिभर्सिटी अफ वासिंगटन स्कुल अफ मेडिसिन' ले गरेको एक अध्ययनले अमेरिकामा आगामी ४ महिनाक अवधिमा ८१ हजारको मित्यु हुन् सक्ने देखाएको छ 

अध्ययनले जुन महिनासम्ममा पनि कोरोनाको संक्रमण नघट्ने संकेत गरेको छ । अप्रिलको दोस्रो हप्तामा संक्रमणको संख्या उच्च हुने र जुलाईसम्म पनि भाइरसबाट मृत्यु भईरहन सक्ने अध्ययनले उल्लेख गरेको छ । तर जुनसम्ममा मृत्यु दर प्रति दिन १० को हाराहारी रहन सक्ने अध्ययनले देखाएको हो 

सरकार, अस्पताल, र अन्य स्रोतबाट डाटा संकलन गरेर गरिएको अध्ययनमा भाइरसबाट मृत्यु हुनेको संख्या कम्तिमा ३८ हजार र अधिकतम १ लाख ६२ हुन सक्ने उल्लेख गरिएको छ । 

यो समाचार तयार पार्दासम्म भने अमेरिकामा ८५ हजार ५ सय ९४ जनामा संक्रमण देखिएको छ भने १३ सयको मृत्यु भईसकेको छ । संक्रिमित मध्ये १८ सय ६८ जना निको भएका छन् भने ८२ हजार ४ सय २६ अझै औपचार गराईरहेका छन् । ति मध्ये २ हजार १ सय २२ जनाको अवस्था गम्भीर छ  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved