कोरोना भाइरसले नछोएको युरोपको एउटा देश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2020 | 11:55:10 AM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्ला केहि साता विश्वका धेरै देशहरु कोरोना भाइरसको माहामारीबाट प्रभावित छन्। त्यसमा पनि युरोप कोरोना भाइरसको महामारीको केन्द्र बिन्दु बनेको छ। कयौं देशहरुका सरकारले आफ्ना नागरिकहरुलाई घरमै बन्द रहनका लागि भनिरहेका छन भने भाइरस फैलिने आशंकाले कयौं काममा प्रतिबन्ध लगाएका छन्। 

तर युरोपमा एउटा यस्तो देश पनि छ जहाँ कोरोना भाइरसको महामारीबाट बच्न त्यहाँको सरकारले कुनै कदम चालेको छैन र त्यहाँको जनजीवन अरु बेलाजस्तो सामान्य छ। 

कोरोनाको महामारीबाट बच्न बेलारुस आफ्नो नजिकका छिमेकी युरोपका देशहरु युक्रेन र रुसले झैं कुनै कडा कदम उठाएको छैन। युक्रेन कोरोनालाई लिएर चाडैं नै आपतकालीन अवस्था घोषणाको तयारीमा छ। रुसले सबै स्कुल बन्द गरिसकेको छ भने सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाइसकेको छ। यतिमात्र नभई रुसबाट हुने सम्पूर्ण उडान पनि रद्द गरिएको छ। तर बेलारुसमा दैनिकी अन्य दिनको झैं सामान्य रहेको छ। 

बेलारूस

बेलारुसको सिमा पहिलेका झैं खुला छन। मानिसहरु नियमित काममा गइरहेका छ भने अत्यावश्यक खाद्यान लगायतका बस्तु खरिदमा पसलमा कुनै भिड छैन। 

बेलारुसका राष्ट्रपति अलेक्ज़ेंडर लूकाशेन्कोले अहिले देशमा कोरोनालाई लिएर कुनै कठोर निर्णय गरिहाल्नु नपर्ने बताउदै आएका छन्। मंगलबार चीनका राजदुतसंगको भेटमा पनि उनले घटना भैरहने भन्दै यसलाई लिएर नागरिकमा डर त्रास फैलाउन नहुने बताएका थिए। बेलारुसमा नत सिनेमाघर बन्द छन नत त्यहाँ सार्वजनिक कार्यक्रममा कुनै प्रतिबन्ध नै लगाइएको छ। नत त्यहाँ हुने कुनै फुटबल प्रतियोगिता रोकिएका छन्। 

राष्ट्रपति लुकाशेन्कोले विदेशबाट बेलारुस आउने सबैको कोरोना परिक्षण गरिएकाले कुनै चिन्ता लिनुनपर्ने बताउदै आएका छन। बिबिसीले उनको भनाईलाई उद्र्त गर्दै  बेलारुसमा दैनिक दुई या तीन कोरोना पोजेटिभ भटिएको लेखेको छ। 

बेलारूस के राष्ट्रपति अलेक्ज़ेंडर लूकाशेन्को

लूकाशेन्कोले चिन्ता गर्नु र मानसिक तनाब लिनु कोरोना भाइरस भन्दा पनि बढी खतरनाक भएको भन्दै अनावश्यक डर त्रास फैलाउनेलाई कडा कारबाही गर्ने चेतावनी समेत दिएका छन्। अहिलेसम्म बेलारुसमा ८६ जनामा कोरोना पोजेटिभ भेटिएको छ भने २९ जना निको भएका छन्। 

अन्य देशहरुले झैं लकडाउन गर्दा बेलारुसको अर्थव्यवस्थामा धेरै नराम्रो असर पर्ने लुकाशेन्कोको विचारलाई त्यहाँको प्रमुख आलोचक सामाजिक अभियन्ता एंड्रे किमले समर्थन जनाएका छन। किमले फेसबुकको भित्तामा लुकाशेन्कोको कदम सहि भएको लेखेका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved