इटालीको अवस्था भयावह, एक दिनमा ९ सय बढीको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2020 | 10:05:40 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोनाभाइरस सङ्क्रमण सुरु भएयता इटलीमा एकदिनमा अहिलेसम्मकै सबभन्दा उच्च - ९१९ जनाको मृत्यु भएको छ। इटलीमा मात्रै ९ हजार भन्दा बढीको उक्त भाइरसका कारण ज्यान गएको छ।

इटली युरोपमा सबभन्दा नराम्ररी प्रभावित मुलुक हो। त्यहाँ सबैजसो कुरा बन्द गरिएका छन् र मानिसहरूलाई घरभित्रै बस्न भनिएको छ। शुक्रवार सबेरै अधिकारीहरूले सबै कुरामा लगाइएको कडाइ ३ एप्रिल भन्दा अझ बढी समयका लागि बढाउन सकिने चेतावनी दिएका थिए।

सबभन्दा प्रभावित उत्तरी क्षेत्रमा कोभिड-१९ का कारण मृत्यु हुनेको सङ्ख्या अत्यधिक बढी थियो। नयाँ सङ्क्रमित हुनेको सङ्ख्या बिहीवार केही घटेकाले सङ्क्रमण उच्चतम बिन्दुमा पुगेको हुन सक्ने भन्दै केही आशा जगाएको थियो। इटलीमा अहिलेसम्म ८६ हजार भन्दा बढीमा सङ्क्रमण पुष्टि भइसकेको छ।

तुलनात्मक रूपमा गरिबी धेरै भएको दक्षिणी क्षेत्रमा सङ्क्रमण बढ्दै गएपछि त्रास पनि बढेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved