कोरोनाभाइरस: ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2020 | 08:26:21 AM मा प्रकाशित

laxmi  sunrise bank

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएका छन्। आइतवार साँझ उनलाई "लक्षणहरू उस्तै" देखिएको र तापक्रम पनि रहेकाले लन्डन अस्पतालमा पुर्‍याइएको हो।

उनका डाक्टरको सुझावपछि यो कदम "सावधानीको रुपमा" चालिएको बताइएको छ। सरकारको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् तर सोमवार बिहान हुने कोरोनाभाइरससम्बन्धी बैठकको अध्यक्षता भने विदेशमन्त्रीले गर्ने ठानिएको छ। उपचारका लागि अस्पताल पुगेका जोनसन रातभरि अस्पताल नै बस्ने ठानिएको छ।

डाउनिङ्ग स्ट्रीटले निकालेको विज्ञप्तिमा भनिएको छ: "चिकित्सकको सल्लाहमा प्रधानमन्त्री आज राती परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको छ। कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिन बितिसक्दा पनि प्रधानमन्त्रीलाई लक्षणहरू निरन्तर उस्तै देखिएकोले यो कदम सावधानीका रुपमा चालिएको हो।"

मार्च २७ तारिखमा उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको घोषणा भएयता जोनसनले निवासमै बसेर काम गर्दै आएका थिए।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved