अफगानिस्तानमा २४ घन्टामा ६२५ कोरोना संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2020 | 07:42:38 PM मा प्रकाशित

laxmi  sunrise bank

अफगानिस्तानमा गएको २४ घन्टायता ६२५ जना कोरोना संक्रमित थपिएका बताइएको छ । अफगानिस्तानको जनस्वास्थ्य मन्त्रालयले बुधबार सो जानकारी दिएको छ ।

यो समेत गरी बुधबारसम्म यहाँ कोभिड १९ का संक्रमितको संख्या १२ हजार ४५६ पुगेको पनि सो मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानको जनस्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अफगानिस्तानमा पनि दिन प्रतिदिन कोरोनाका संक्रमितहरु थपिएका छन् । उक्त मन्त्रालयले गएको २४ घन्टायता अफगानिस्तानमा कम्तीमा पनि सात जना संक्रमितको ज्यान गएको छ । यहाँ कोरोना संक्रमणबाट अहिलेसम्म २२७ जनाको ज्यान गएको पनि समाचारमा जनाइएको छ ।

यहाँ कारोनाका संक्रमितमध्ये १ हजार १३८ जना निको भएर फर्र्किएका छन् । यहाँ निधन भएकाहरुमा कुनै न कुनै रोगका विरामीहरु रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved