आँधीको डरले भारतका दर्जनौं गाउँ खाली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2020 | 06:23:16 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा फेरि आँधीको खतरा देखिएको भन्दै कैयौँ गाउँ खाली गराइएको छ । भारतको मुम्बई र सो आसपासका क्षेत्रमा ‘निसर्ग’ नामको आँधी आउने अनुमान गरिएको छ । सो आँधी महाराष्ट्रको तटीय क्षेत्रमा आइपुगेको पनि बताइएको छ । 

सो आँधी दक्षिणपूर्वी अरब सागरमा विकास भएको भनिएको बताइएको छ । भारतको मौसम विभागले आँधी एक सय २० किलोमिटर प्रतिघण्टाको गतिमा रहेको र केही समयमा मुम्बई र गुजरातको धेरैजसो इलाकामा पुग्ने चेतावनी पनि दिएको छ । 

विशेषगरी महाराष्ट्र प्रदेशमा आँधीको बढी प्रभाव रहने बताइएको छ । आँधी प्रभावित क्षेत्रमा अहिले सडक तथा रेल यातायात बन्द गरिएको छ । बढी प्रभाव पार्ने अनुमान गरिएका गुजरातका ४७ वटा गाउँ पनि खाली गराएर त्यहाँका हजारौँ मानिसलाई अन्यत्रै सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुम्बइ र गुजरातमा हावाहुरी सहित मुसल्धारे पानी पर्ने चेतावनी यहाँका मौसमविद्हरुले दिएका छन् । उनीहरुको अनुमानका कारण सम्भावित प्रभावित क्षेत्र खाली गराउनुको साथै अन्य सतर्कता अपनाइएको बताइएको छ । यहाँका स्थानीय अधिकारीहरुले ठूलो संख्यामा उद्धारकर्मी तथा सुरक्षाकर्मीहरु खटाइएको बताएका छन् । प्राप्त समाचारमा आज बेलुका आठ बजेसम्म आँधीसहितको वर्षाको सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् । 

स्थानीय प्रशासनहरुले आज राति आठ बजेसम्म र त्यसपछि पनि आज रातिसम्म सम्भावित क्षेत्रका मानिसहरुलाई सचेत रहन भनेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved