१ महिनामा अमेरिकाको व्यापार घाटा ४९.५ अर्ब डलर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2020 | 07:37:47 PM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड–१९ को विश्वव्यापी महामारीका कारण  व्यापारिक गतिविधिमा आएको कमीसँगै अप्रिलमा अमेरिकाको व्यापार घाटा सात अर्ब अमेरिकी डलर बढी ४९.५ अर्ब अमेरिकी डलर पुगेको छ । 

कोरोनाभाइरसको महामारीका कारण यो समय अमेरिकामा व्यापारिक कारोबार र यातायात बन्द भएका कारण अमेरिकी निर्यात तथा आयातमा निकै कमी आएको र यसका कारण व्यापार घाटा निकै धेरै हुन पुगेको अमेरिकी सरकारले बिहीबार जानकारी गराएको छ ।

अमेरिकी बाणिज्य विभागका अनुसार अप्रिलमा अमेरिकी समान तथा सेवाहरूको निर्यातमा मार्चको तुलनामा २० प्रतिशतले ह्रास आएको थियो भने आयातमा १३.७ प्रतिशत कमी भएको थियो ।

सन् २०२० मा (हालसम्म) अमेरिकाको व्यापार घाटा २६ अर्ब पुगेको छ । यो व्यापार घाटा गत वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतभन्दा बढी भएको बाणिज्य विभागको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved