दिल्लीका मुख्यमन्त्री केजरीवालको कोरोना रिपोर्ट नेगेटिभ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2020 | 07:56:39 PM मा प्रकाशित

laxmi  sunrise bank

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको मङ्गलबार गरीएको कोभिड–१९ परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

आइतबारदेखि हल्का ज्वरो र घाँटी दुख्ने समस्याजस्ता कोभिड–१९ का विरामीसँग मिल्ने लक्षणहरू देखिएपछि पिसिआर परीक्षणका  लागि नमूना सङ्कलन भएको थियो ।  

केजरिवाल सोमबारदेखि  सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनान् । उनी समुदायबाट अलग बसेको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन्  । स्वास्थ्य मन्त्रालयका अनुसार दिल्लीमा मङ्गलबारसम्ममा २९ हजार ९४३ व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् भने ८७४ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । 

दिल्लीमा उपचारपछि घर फर्किने विरामीको सङ्ख्या ११ हजार ३५७ रहेको छ भने हाल १७ हजार ७१२ सङ्क्रमित व्यक्तिले विभिन्न अस्पतालहरूमा सेवा लिइरहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved