न्यूजिल्याण्डमा २४ दिनपछि फेरि कोरोना भाइरस संक्रमित भेटिएका छन् । मंगलबाट त्याहाँ दुइ ब्याक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मंगलबार पुष्टि भएका संक्रमितहरु हालै बेलायलबाट पर्किएको अन्तराष्ट्रिय सञ्चारमाध्यम हरुले उल्लेख गरेका छन् । दुइ सातासम्म थप संक्रमिण नभेटिएसंगै न्यूजिल्याण्डले एकसाता अघिमात्र कोरोना मुक्त घोषणा गरेको थियो ।
स्थानीय मिडियाका अनुसार यी दुईलाई आफन्तको मृत्युको अन्त्येष्टिका लागि बाहिरबाट आउनका लागि छुट दिइएको थियो । न्यूजिल्याण्डमा हालसम्म कोरोना संक्रमितको संस्या एक हजार ५०६ पुगेको छ । यो भाइरसका कारण त्याहाँ २२ जनाको मृत्यु भइसकेको छ ।