भूकम्पपछि आएको हिमपहिरोले होटेल पुर्यो, ३० को मृत्यु, धेरै बेपत्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 20, 2017 | 01:05:47 AM मा प्रकाशित

laxmi  sunrise bank

भूकम्पपछि आएको हिम पहिरोले इटालीमा एउटा होटेल पुर्दा त्यहाँ रहेका ३० जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् । मध्य इटालीको पेस्कारा शहरमा रहेको होटेल रिगोपियानोमा उक्त घटना भएको हो । धेरै हराईरहेकाले मृतकको संख्या बढ्न सक्ने अन्तराष्ट्रिय संचारमाध्यम हरुले जनाएका छन्  ।

त्यस क्षेत्रमा गत हप्ता भारी हिमपात भएको समाचारमा जनाईएको छ ।

 हिजो मध्य इटालीमा १ घण्टा मै ३ ठुला भूकम्प महशुस भएका थिए  । उद्दारकर्ताहरुले होटेलमा खोजि कार्य जारि राखेका भएपनि बाक्लो हिउका कारण खोजीकार्य प्रभावित भएको छ  ।

हिमपहिरोले गर्दा त्यस होटेलको छत भत्किएको बीबीसीले जनाएको छ । हिमपहिरोको समयमा होटेल ३० भन्दा बढी मानिस रहेको अनुमान छ । 

सम्बन्धित समाचार  :  १ घण्टामा ३ पटक ठुला भूकम्पपछि त्रास, अझै आउन सक्ने भन्दै सतर्क रहन आग्रह  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved